माओवादीको ‘गढ’ मुसीकोटको प्रमुखमा कांग्रेसका केसी १३ मतले विजयी

माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गर्दै केसी नगर प्रमुखमा निर्वाचित भएका हुन्। केसीले ६ हजार ९१४ मत पाए भने शर्माले ६ हजार ९०१ मत पाए।

नेपालभ्युज

माओवादीको ‘गढ’ मुसीकोटको प्रमुखमा कांग्रेसका केसी १३ मतले विजयी

सुर्खेत। नेकपा माओवादी केन्द्रको गढका रुपमा रहेकोे रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गर्दै केसी नगर प्रमुखमा निर्वाचित भएका हुन्। केसीले ६ हजार ९१४ मत पाए भने शर्माले ६ हजार ९०१ मत पाए।

गत स्थानीय तहको निर्वाचनमा मुसीकोट नगरपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो।

गत स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार रहेका केसी माओवादी केन्द्रका देविलाल गौतमसँग १७४ मतले पराजित भएका थिए।

उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुन विजयी भएका छन्।
पुनले ६ हजार १४० मत ल्याएर विजयी भएका हुन्।

मुसीकोट नगरपालिकामा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।

नगरका कुल १४ वडामध्ये माओवादीले ८ र कांग्रेसले ६ ओटा वडा जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved