बर्दियाका आठ पालिकामध्ये कांग्रेस पाँच, माओवादी दुई र एमाले एक स्थानमा विजयी

नेपालभ्युज

बर्दियाका आठ पालिकामध्ये कांग्रेस पाँच, माओवादी दुई र एमाले एक स्थानमा विजयी

बर्दिया। बर्दियामा मतगणना सम्पन्न भएको छ। छ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।

आठ पालिकाअन्तर्गत पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्णबहादुर कुँवरले बताए। बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेसका छविलाल थारुले १३ हजार छ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकी रत्नकुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरी विजयी भइन्। उनको निकटतम् प्रतिस्पर्धी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरेका छन्।

मधुवन नगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार तेजबहादुर भाट विजयी भए। आठ हजार ७७५ मत प्राप्त गरी भाट विजयी भए। माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले सात हजार ९३१ मत मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गरे।

बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएको छ। एमालेका खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भए। खड्काले १० हजार ९४७ मत प्राप्त गरेका छन् भने माओवादीका भवनकुमार थारुले नौ हजार ७६३ प्राप्त गरे। उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गरे। माओवादीकी भूमि बिटालुले आठ हजार २३८ मत प्राप्त गरेकी छन्।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएका छन्। माओवादी केन्द्रका हिमालय त्रिपाठी नौ हजार ३६७ मतसहित अध्यक्ष पदमा विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले आठ हजार ३०८ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी लक्ष्मीकुमारी अधिकारीले आठ हजार ८८५ मतसहित विजय भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पवित्रा अर्याल आठ हजार ३१५ मत प्राप्त गरिन्।

ठाकुरबाबा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भए। कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले छ हजार ८१८ मत मत प्राप्त गरे। उपमेयरमा नेकपा एमालेका बिना भट्टराईले आठ हजार १७६ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत मत प्राप्त गरिन्।

गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मुक्तिनाथ यादवले सात हजार ९८९ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी एमालेका अमरबहादुर खड्काले सात हजार ८११ मत प्राप्त गरे। कांग्रेसकी सावित्रा गौतमले आठ हजार २०७ मत ल्याई नगर उपप्रमुखमा विजय भए भने नेकपा एमालेकी टीकाकुमारी शम्सेली मगरले सात हजार ४६२ मत प्राप्त गरिन्।

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका जमानसिंह केसी विजयी भए। केसीले सात हजार ६९८ मत प्राप्त गरे। नेकपा माओवादीका विश्वबहादुर थारुले ६ हजार ६२० मत प्राप्त गरे। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले सात हजार १५३ मत प्राप्त गरी विजयी भइन्। उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरिन्।

राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भए। थारुले नौ हजार ८०७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकाका दीपकजङ्ग शाहले नौ हजार ७६० मत गरे। उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी कांग्रेसकी यशोदा थारुलाई पराजित गरे। थारुले १० हजार ४५ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved