म्याग्दीमा एमालेले चार र कांग्रेसले दुई पालिका जिते

नेपालभ्युज

म्याग्दीमा एमालेले चार र कांग्रेसले दुई पालिका जिते

म्याग्दी। स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा ९एमाले० ले चार र कांग्रेसले दुई स्थानीय तहको नेतृत्व जितेका छन्। यसैगरी माओवादीले एक÷एक वटा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन र कांग्रेसले एक उपाध्यक्ष जितेका छन्। अघिल्लो चुनावमा छ वटा प्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले यसपटक तीन वटा पालिकाको नेतृत्व गुमाएको छ।

नेतृत्वमा यसअघि शून्य रहेको माओवादीले यसपटक एक उपप्रमुख र एक उपाध्यक्ष जितेको छ। गत चुनावमा बेनीको उपप्रमुख र केही वडाको सदस्य जितेको राप्रपाले यसपटक कुनै पदमा विजयी हुन सकेन।

अघिल्लो कार्यकालमा दुई अध्यक्ष र तीन उपाध्यक्ष जितेको एमालेले यसपटक एक नगरप्रमुख र तीन/तीन जना अध्यक्ष उपाध्यक्ष जितेको हो। यसअघि जितेको एमालेले मङ्गला र कांग्रेसले रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जोगाएका छन्।

एमालेले गुमाएको धवलागिरि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का रेशम पुन निर्वाचित भए। यसअघि राप्रपाले जितेको बेनी नगरपालिकाको उपप्रमुखमा यसपटक नेकपा माओवादी केन्द्रका ज्योति लामिछाने पौडेल विजयी भएका थिए।

यसअघि कांग्रेसले जितेको बेनीको नगरप्रमुखमा एमालेका सुरत केसी, अन्नपूर्णको अध्यक्षमा भारत पुन, उपाध्यक्षमा दिवा तिलिजा, मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मीदेवी घर्ती पुनः निर्वाचित भएका छन्।

एमालेका शतप्रसाद रोकाले मङ्गला गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि विजयी हुँदा उपाध्यक्ष पनि सोही पार्टीकी पेमा अधिकारीले जिते।

कांग्रेसका भवबहादुर भण्डारीले रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक विजयी हुँदा कांग्रेसकै प्रेमकुमारी पुन उपाध्यक्षमा निर्वाचित भए।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको म्याग्दीको सबै पालिका र वडाको मतगणना आज सकिएको छ। एमालेले २२, कांग्रेसले १७ र माओवादीले छ वटा वडामा जीत हासिल गरेका छन्।

अघिल्लो स्थानीय चुनावमा एमालेले २३, कांग्रेसले १५ र माओवादीले सात वटा वडामा जितेका थिए। जिल्लाभर २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। कूल ८५ हजार ३७५ जना मतदाता रहेकामा ५६ हजार ५४३ अर्थात ६६.२३ प्रतिशत मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved