अर्थमन्त्रीको बचाउमा विनोद चौधरी – ‘ड्राइभर बदलिँदैमा थोत्रो गाडीले गति लिँदैन’

कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको उनले बताए। 

नेपालभ्युज

अर्थमन्त्रीको बचाउमा विनोद चौधरी – ‘ड्राइभर बदलिँदैमा थोत्रो गाडीले गति लिँदैन’

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी अर्थमन्त्री जनार्दन शर्माकाे बचाउमा उत्रिएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी उनले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुग्नुमा वर्तमान अर्थमन्त्री र सरकारकाे कुनै हात नभएकाे बताए।

संसदमा उनले भने, ‘‘थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र रफ्तार समाउँदैन। अहिलेको हाम्रो अर्थतन्त्रको व्यथा पनि त्यही नै हो। वर्तमान अर्थमन्त्री र सरकारलाई कुनै दोष दिनुकाे अर्थ छैन। यो सरकारले बजेटसम्म पेस गर्न पाएको छैन।’’

कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको उनले बताए।

सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको उनकाे भनाइ छ। ‘‘हाम्रा विकास बजेट कार्यान्वयन गर्ने प्रशासकीय क्षमता अत्यन्तै कमजोर भयो भन्ने कुरा पटक–पटक हामीले १० औं वर्षदेखि भन्दै आएका छाैँ। अहिले पनि जेठ ४ गतेसम्म ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ’’, सांसद चौधरीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved