आइएमई पे एपबाट हवाई टिकट बुक गर्नुस्, सुनकाे सिक्का जित्नुस् !

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको हाे।

नेपालभ्युज

आइएमई पे एपबाट हवाई टिकट बुक गर्नुस्, सुनकाे सिक्का जित्नुस् !

काठमाडौं। आइएमई पेले नयाँ याेजना ल्याएकाे छ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको हाे।

याे याेजना अन्तर्गत आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने दुई जना भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने छन्।

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक एक भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता एक भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन्।

आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न सकिन्छ। अझ बढी यात्रुहरुलाई हवाई यात्रामा उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न याे योजना सार्वजनिक गरिएकाे आइएमई पेले जनाएकाे छ।

आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु मात्र यस योजनामा सहभागी हुन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved