मतगणनास्थलमा कुटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

नेपालभ्युज

मतगणनास्थलमा कुटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

सुर्खेत। हुम्लाको खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा मतगणना स्थलबाहिर कुटिएर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ। शाहीको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।

गत ३१ वैशाखदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मतगणना जारी रहेको बेला मतगणनास्थल बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हमला गर्ने क्रममा शाहीसहित तीनजना घाइते भएका थिए।

तीन जना घाईतेमध्य शाही गम्भीर घाईते भएपछि उनलाई सोही दिन हेलिकोप्टरबाट सुर्खेत रिफर गरेको मृतक शाहीका छोरा सागर शाहीले बताए।

मृतकका आफन्तले सो घटनामा संलग्न नौ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छोरा सागरले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved