स्थानीय चुनाव : मनाङमा निर्वाचित अध्यक्षहरूले लिए शपथ

मनाङमा दुई पालिकामा नेकपा एमाले तथा दुई पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेका छन्।

नेपालभ्युज

स्थानीय चुनाव : मनाङमा निर्वाचित अध्यक्षहरूले लिए शपथ

मनाङ। सबैभन्दा कम जनसंख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन्। चार गाउँपालिका रहेको मनाङमा मिश्रित नतिजा आएको थियो।

मनाङमा दुई पालिकामा नेकपा एमाले तथा दुई पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेका छन्। एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले शपथ लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, कांग्रेसबाट निर्वाचित नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले पनि शपथ लिएका छन्। एमाले तथा कांग्रेसबाट निर्वाचित अध्यक्षहरुले फरक–फरक दिनमा शपथ लिएको जनाइएको छ।

पालिका अध्यक्षहरुले शपथ लिएसँगै उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यले पनि बुधबार शपथ लिएका छन्। शपथ लिएसँगै पालिका तथा वडामा कार्यको थालनी गरिएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved