कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष पराजित, कांग्रेस विजयी

धनुषाको कमला नगरपालिकाकाे मेयर, उपमेयर दुवै नेपाली कांग्रेसले जितेकाे छ।

नेपालभ्युज

कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष पराजित, कांग्रेस विजयी

जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रमुखमा विशेश्वर यादव निर्वाचित भएका छन्। उनी जसपाका उम्मेदवार पशुपति यादवलाई एक हजार २८ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएकी छन्। कांग्रेसकी शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित भएकी हुन्। जसपाकी उम्मेदवार पुनिता कुमारीले दुई हजार ७६६ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved