सुनकोशीमा एमाले, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी

सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन्।

नेपालभ्युज

सुनकोशीमा एमाले, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी

सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। तिमल्सिनाले पाँच ९३२ मत पाए।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी भइन्। उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाइन्।

जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ। अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भए।

स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत पाए। पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved