कैलालीको कैलारीमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै चौधरी विजयी

राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन्।

नेपालभ्युज

कैलालीको कैलारीमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै चौधरी विजयी

धनगढी। कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन्।

सत्ता गठबन्धनको कारबाहीमा परेका चौधरीले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन्।

राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्। उनले १० हजार ४८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन्।

सत्गौवाले ६ हजार ४७७ मत प्राप्त गरिन्। कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसले प्यानल नै जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved