फिदिमको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

फिदिम नगरपालिकामा कांग्रेस र एमालेबाट समान चार/चार वडाध्यक्ष निर्वाचित भएका छन्।

नेपालभ्युज

फिदिमको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

फिदिम। पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन्।

काफ्लेले नौ हजार ८५५ मत प्राप्त गरे। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गरे। लावतीले नौ हजार २८० मत पाए।

प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गरे।

यस्तै, नगर उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने नौ हजार ३६ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले पाँच हजार ६४३ मत प्राप्त गरे।

जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फिदिम नगरपालिकामा कांग्रेस र एमालेबाट समान चार/चार वडाध्यक्ष निर्वाचित भएका छन्। एमालेले वडा नं १, २, ११ र १२, कांग्रेसले वडा नं ३, ५, ७ र ९, मा जित हासिल गर्दा माओवादी केन्द्रले वडा नं ८, १३ र १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं ४ र १० मा जित हासिल गर्‍यो। वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved