काठमाडौं महानगर : बालेन २० हजार मत नजिक, स्थापितले कटाए १० हजार

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९ हजार १३२ मत पाएकी छन्।

नेपालभ्युज

काठमाडौं महानगर : बालेन २० हजार मत नजिक, स्थापितले कटाए १० हजार

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।

लौरो चुनाव चिह्न पाएका शाहले १९ हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १० हजार ३२ मत पाएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९ हजार १३२ मत पाएकी छन्।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले निकटतम प्रतिस्पर्धी भन्दा तीन गुणा बढी मतसहित अग्रता कायम गरेकी छन्। उनले १८ हजार ४१ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार ८०० मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved