बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी

बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

नेपालभ्युज

बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी

बलेवा। बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन्। पुनले आठ हजार ७५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लीलाबहादुर रानाले दुई हजार ८७३ मत पाए।

उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उशा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरे।

जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा कांग्रेस, वडा नंं ४ मा नेकपा (एकीकृत समाजवादी), वडा नंं ६ मा नेकपा (माओवादी केन्द्र), वडा नंं ९ एमाले तथा वडा नंं ३ र १० मा राजमो विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved