एमोलेलाई हराउँदै फिदिमको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी

नेपालभ्युज

एमोलेलाई हराउँदै फिदिमको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी

पाँचथर। फिदिम नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा (माओवादी केन्द्र) ले जितेको छ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका मित्रप्रसाद काफ्लेले नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मतान्तरले पराजित गर्दै फिदिमको मेयर बनेका हुन्। काफ्लेले ९ हजार ६२८ मत पाँउदा लावतीलाई ९ हजार २७ मत प्राप्त पाएका छन्।

उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित भएका छन्। माओवादीका न्यौपानेले राप्रपाका जगत थापा मगरलाई ३ हजार १९५ मतको फराकिलो मतान्तरले पराजित गरिन्। उनले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाएका छन्।

यसपटक यहाँ सत्ता गठबन्धन दल एक ठाउँमा उभिएका थिए भने एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved