एमालेलाई हराउँदै खैरहनीको मेयरमा कांग्रेस विजयी

नेपालभ्युज

एमालेलाई हराउँदै खैरहनीको मेयरमा कांग्रेस विजयी

काठमाडौं। नेकपा एमालेलाई पराजित गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ।

नेकपा एमालेका लालमणी चौधरीलाई ८५० मतान्तरले पराजित गर्दै कांग्रेसका शशीकुमार खनिया प्रमुखमा निर्वाचित भएका हुन्। खनियाले १४ हजार ५४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे।

खैरहनीको उपप्रमुख भने एमालेले जितेको छ। १४ हजार १६४ मतसहित एमालेकी कविता उप्रेती उपप्रमुखमा निर्वाचित हुँदा गठबन्धनतर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी लक्ष्मी ढकाल ९ हजार ६७० ल्याएर पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved