मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

मुस्ताङका चार स्थानीय तहमा नेकपा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन्।

नेपालभ्युज

मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

म्याग्दी। मुस्ताङका चार स्थानीय तहमा नेकपा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन्। पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएका छन्।

यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन्।त्यस्तै बारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित भएका छन्।

त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन र उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित भएका छन्। जिल्लाभर १३५ पदमध्ये एमालेले ९७, कांग्रेसले २४, माओवादीले दुई, राप्रपाले दुई र नेकपा एकीकृत समाजवादीले एक सिट जितेका छन्। उम्मेदवारी नपरेपछि दलित महिला सदस्यको नौ पद रिक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेबाट लोमान्थाङको वडा नम्बर २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ, लोघेकर दामोदरकुण्डको १ मा टै धुन्टु ठकुरी, २ मा थुक्तेन छिरिङ गुरुङ, ३ मा झब्याङ तेन्जिङ गुरुङ, ४ मा झयाङ छेसा गुरुङ, ५ मा पासाङ गुरुङ, बारागुङ मुक्तिक्षेत्र १ मा प्रमेश गुरुङ, ३ मा विनोद गुरुङ, ५ मा सुरेन्द्र गुरुङ, घरपझोङ ३ मा फलेन्द्रप्रसाद थकाली, ५ मा प्रदीप थकाली र थासाङ २ मा गौतम शेरचन वडा अध्यक्षमा निर्वाचित भएका छन्।

कांग्रेसबाट लोमान्थाङ १ मा पेमा आङग्या गुरुङ, ५ मा ढुकके विष्ट, वारागुङ मुक्तिक्षेत्र २ मा न्होरु गुरुङ, ४ मा कर्म घ्याचो गुरुङ, घरपझोङ १ मा आशबहादुर थकाली, २ मा मनबहादुर हीराचन, ४ मा यामप्रसाद थकाली, थासाङ १ मा सुरेश थकाली, ३ मा हरिप्रसाद गौचन, ४ मा नरेन्द्र शेरचन र ५ मा रुपेश तुलाचन वडाध्यक्षमा निर्वाचित भएका छन्।

१३५ पदमा २२६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। एकल उम्मेदवारी परेको लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन/तीन वटा वडाका जनप्रतिनिधि निर्विरोध भएका थिए। कूल दश हजार ४८५ जना मतदातामध्ये सात हजार ५५७ अथवा ७२.०७ प्रतिशत मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved