ठाकुरबाबा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमालेकाे जित

नेपालभ्युज

ठाकुरबाबा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमालेकाे जित

बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

प्रमुखमा विजयी भएका कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घन नारायण श्रेष्ठले ६ हजार ५८१ मत प्राप्त गरे।

उपप्रमुखमा भने नेकपा एमालले जित हात पारेको छ। एमालेकी उम्मेदवार विना कुमारी भट्टराई ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved