श्रीलङ्काका राष्ट्रपतिविरुद्धको अविश्वास प्रस्ताव संसद्बाट अस्वीकार

विपक्षीहरूले राष्ट्रपतिविरूद्ध पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले विफल भएको हो। प्रस्तावको पक्षमा ६८ सांसदले मात्रै मतदान गरेका थिए।

नेपालभ्युज

श्रीलङ्काका राष्ट्रपतिविरुद्धको अविश्वास प्रस्ताव संसद्बाट अस्वीकार

एजेन्सी। श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षविरुद्धको अविश्वास प्रस्ताव विफल भएको छ। आज संसद्मा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेपछि प्रस्ताव विफल भएको हो।

विपक्षीहरूले राष्ट्रपतिविरूद्ध पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले विफल भएको हो। प्रस्तावको पक्षमा ६८ सांसदले मात्रै मतदान गरेका थिए।

विपक्षी दल तामिल नेशनल एलायन्स (टीएनए)ले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव गरेका थिए। जसमा कुल सांसदमध्ये प्रस्तावको पक्षमा ६८ सांसदले मात्र मतदान गरेका थिए।

समागी जना बालावेगया (एसजेबी) सांसद हर्ष दे सिल्भाले अन्य सांसदमध्ये नवनिर्वाचित प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले पनि प्रस्तावको विपक्षमा मतदान गरेको बताए।

पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षले राजीनामा गरेलगत्तै राष्ट्रपति गोटाबय राजपक्षको राजीनामाको माग प्रदर्शनकारी समूहले गरिरहेको समयमा राष्ट्रपतिविरूद्ध अविश्वासको प्रस्ताव गरिएको थियो।

खाद्य तथा इन्धनको अभाव, बढ्दो मूल्य वृद्धि र बिजुली कटौतीका कारण देशले खराब आर्थिक संकटको सामना गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved