रिब्दीकोटको अध्यक्षमा माओवादी उपाध्यक्षमा कांग्रेस

नेपालभ्युज

रिब्दीकोटको अध्यक्षमा माओवादी उपाध्यक्षमा कांग्रेस

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भइन्। अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरिन्। यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। यहाँ १६ हजार ३९५ मतदाता रहेकामा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved