चुनावमा सरकारबाटै धाँधली भयाे : प्रदीप ज्ञवाली

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हालसालै सम्पन्न स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा सरकारले राज्यशक्तिको प्रयोग गरेर देशैभर धाँधली गरेको आरोप लगाएका हुन्।

संसदमा उनले भने, ‘‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो । चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ।’’

उनले निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन्। “हामीले निर्वाचनको निष्पक्षतामाथि उठ्ने विषयमा निरन्तर खबरदारी गर्दै आएका थियौँ। अन्ततः निर्वाचन भएको छ। लोकतन्त्र सुदृढ भएको छ”, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved