प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेको जित

नेपालभ्युज

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेको जित

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की तारा कुमारी काजी महतो विजयी भएकी छन्।

महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा उनका निटतम प्रतिद्वन्द्वी ऋषि काफ्लेले सात हजार ७२९ मत पाए।

याे पटककाे निर्वाचनमा मेयरमा एमाले–राप्रपाकाे गठबन्धनबाट महताेले उम्मेदवारी दिएकी थिइन् भने काफ्ले कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा उठेका थिए।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन्। उनले ६ हजार ८३० मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved