उच्च रक्तचापका ७५ प्रतिशत बिरामी उपचार बाहिर

विश्वभर २५ प्रतिशत मानिसमा उच्च रक्तचाप भएता पनि उनीहरूमध्ये २५ प्रतिशत मात्र उपाचारको दायरामा आउने गरेकाले नसर्ने रोगहरूबाट मृत्यु हुने पहिलो कारण उच्च रक्तचाप रहेको मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले बताए।

नेपालभ्युज

उच्च रक्तचापका ७५ प्रतिशत बिरामी उपचार बाहिर

काठमाडौं। उच्च रक्तचाप  का ७५ प्रतिशत बिरामी उपचारको दायर बाहिर रहेका एक तथ्यांकले देखाएको छ।

आज विश्व उच्च रक्तचाप दिवसको अवर पारेर स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अन्तर्क्रियामा विज्ञहरूले उच्च रक्तचाप भएका ७५ प्रतिशत बिरामी उपचारको दायरासम्म नआएका जानकार दिए।

विश्वभर २५ प्रतिशत मानिसमा उच्च रक्तचाप भएता पनि उनीहरूमध्ये २५ प्रतिशत मात्र उपाचारको दायरामा आउने गरेकाले नसर्ने रोगहरूबाट मृत्यु हुने पहिलो कारण उच्च रक्तचाप रहेको मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले बताए।

“कसैलाई क्यान्सर र हृदयघात भयो भने मात्र हामी असामान्य मान्छौँ तर उच्च रक्तचाप भयो भने सामान्य रुपमा लिने गर्छौं,” उनले भने, “तर अहिले विश्वभर उच्च रक्तपाप रोग भयावह रुपमा फैलिरहेको र मृत्यु गराउने रोगहरू मध्ये एक नम्बरमा पर्ने भएकाले यसमा सबैले ध्यान पुर्‍याउन धेरै आवश्यक छ।”

नसर्ने रोगहरूको विषयमा पाठ्यक्रममै समावेश गर्नु पर्ने कुरामा समेत उनले जोड दिए। उच्च रक्तचापका कारणले ६९ प्रतिशतलाई हृदयघात भइरहेको छ भने ५१ प्रतिशतलाई मष्तिकघात भइरहेको उनले जानकारी दिए।

त्यस्तै कार्यक्रमममा डा.अनिलले शहरमा बस्ने ४० वर्ष माथिका ५० प्रतिशत मानिसमा उच्च रक्तचाप हुने गरेको दाबी गरे। उनका अनुसार अहिले युवाहरूमा उच्च रक्तचाप देखिनुको मुख्य कारण तनाव, खानपान र वातावरण प्रदूषण हो। “हामी नुन धेरै खाँदा मात्र रक्तचाप बढ्छ भन्छौं तर गुलियो खाँदा पनि उच्च रक्तचाप बढ्ने अनुसन्धानले नै बताइसकेको छ, उनले भने।”

त्यस्तै नेपालमा करिब ४७ लाख मानिसहरूमा उच्च रक्तचापको समस्या हुने गरेको अनुमान गरिएको र तीमध्ये १० लाखलाई मात्र आफूलाई उच्च रक्तचाप भएको थाहा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमन लाल दासले बताए।

आफूलाई रक्तचाप छ भनेर थाहा पाएका मध्ये ४ लाखले औषधि सेवन गरिहरका र ती मध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रण भएको समेत उनले बताए। रोग नियन्त्रण महाशाखाले प्राथमिक स्वास्थ्य सेवा तहअन्तर्गत सबै स्वास्थ्य संस्थाहरूबाट उच्च रक्तचाप नियन्त्रणका लागि आवश्यक पर्ने दुई प्रकारका औषधि निःशुल्क उपलब्ध गराइरहेको छ।

यस वर्षको अन्त्यसम्म महाशाखाले उच्च रक्तचापको नियमित औषधि सेवन गनेको संख्या बढाएर १० लाख पुर्‍याउने लक्ष्य दिएको छ। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले विश्व नै सर्ने रोगबाट नसर्ने रोगतिर जाँदै गरेको बताए। उनले विश्वभर ७० प्रतिशत मानिसमा नसर्ने रोगले ओगटेको समेत जानकारी दिए।

बद्लिँदो र तनावका कारण उच्च रक्तचापका बिरामीहरू दैनिक बढ्दै गइरहेकाले यस विषयमा मन्त्रालयले नयाँ संरचनासमेत बनाउन लागेको जानकारी दिए। रोग लागेर महँगो उपचार गराउनुभन्दा रोग लाग्नै नदिनुतर्फ सबैले ध्यान दिन आवश्क रहेको उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागका प्रमुख डा दीपेन्द्ररमण सिंहले कार्यक्रममा बोल्दै जानेबुझेका व्यक्तिहरू पनि व्यहारमा साक्षर व्यवहार नदेखाउने भएकाले उच्च रक्तचापको संख्या बढ्दै गइरहेको उनले बताए।
वर्षमा ४–५ पटक रक्तचाप जाच गर्नु पर्ने कुरामा उनले जोड दिए। गाउँ गाउँ रक्तचाप नाप्ने र उपचारको दायरासम्म सबैलाई पुर्‍याउनुपर्ने कुरामा उनले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved