सुदूरपश्चिममा ४७ पालिकाको मतगणना सम्पन्न, कुन पालिकामा कसको जित ?

पछिल्लो अपडेटअनुसार नतिजा आएका ४७ ओटा पालिकामध्ये नेपाली कांग्रेसले २१ पालिकामा जित हासिल गरेको छ।

सुदूरपश्चिममा ४७ पालिकाको मतगणना सम्पन्न, कुन पालिकामा कसको जित ?

धनगढी। सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमध्ये अहिलेसम्म ४७ ओटाको मतगणना सम्पन्न भएको छ।

पछिल्लो अपडेटअनुसार ४७ ओटा पालिकामध्ये नेपाली कांग्रेसले २१ पालिकामा जित हासिल गरेको छ।

यस्तै, नेकपा एमालेले १६ ओटा पालिका जितेको छ। माओवादी केन्द्रले ९ र स्वतन्त्रले एक पालिकामा जित हासिल गरेका छन्।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ईन्द्रबहादुर कार्की
अछामको ढाकरी गाउँपालिका– प्रकाशबहादुर साउद
डोटीको पूर्वी चौकी गाउँपालिकामा– रामप्रसाद उपाध्याय
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका– डिल्लीराज जोशी
बैतडीको सिगास गाँउपालिका– हरिसिंह धामी
बैतडीको पाटन नगरपालिका– गौरी सिंह रावल
बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
डोटीको आदर्श गाउँपालिका– गणेशबहादुर खड्का
डोटी सायल गाउँपालिका– धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरतबहादुर रोकाया
कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना
अछामको कमलबजार नगरपालिका– यज्ञ प्रसाद ढकाल
अछामको बान्नीगढी जयगढ गाउँपालिका– टेकबहादुर साउद
अछामको चौरपाटी गाउँपालिका– भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका– मानबहादुर साउद
बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
बझाङको बित्थडचिर गाउँपालिका– अमरसिहं महर
बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया

नेकपा एमाले विजयी भएका पालिकाहरू

दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका– नरेन्द्रबहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका– हिरासिंह धामी
दार्चुलाको दुहु गाँउपालिका– नरेन्द्रबहादुर बडाल
बैतडीको पञ्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका– अम्मर कुँवर
बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी
डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
बझाङको तलकोट गाँउपालिका– कल बहादुर रोकाया
बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरु

डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट
बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
अछामको मेल्लेख गाउँपालिकामा– ज्वाला साउद
दार्चुलाको नौगाड गाउँपालिका– दलजित सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की

स्वतन्त्र उम्मेदवार

बैतडीको डिलासैनी गाउँपालिका– सन्तोषप्रकाश जोशी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved