क्षीरेश्वरमा २ मतले हारेपछि धाँधली भयो भन्दै एमाले आन्दोलित

मतगणना सकिएर घोषणा गर्नेबेला धाँधली भएको भन्दै एमालेले आन्दोलन गरेको हो। एमालेले पुन: मतगणना गर्नुपर्ने माग गरेको छ।

क्षीरेश्वरमा २ मतले हारेपछि धाँधली भयो भन्दै एमाले आन्दोलित

जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि एमालेले आन्दोलन गरेको छ। मतगणना सकिएर घोषणा गर्नेबेला धाँधली भएको भन्दै एमालेले आन्दोलन गरेको हो।

क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ)मतदान केन्द्रको मतगणना केन्द्रमा नेपाली कांग्रेसले २ मतले जितेको थियो। आफ्नो उम्मेदवारले १ मतले जितेको दाबी गर्दै निर्वाचन अधिकृतले धाँधली गरी कांग्रेसलाई जिताएको आरोप एमालेको छ। एमालेले पुन: मतगणना गर्नुपर्ने माग गरेको छ।

यता कांग्रेसले मतगणना निष्पक्ष भएको र हाम्रो उम्मेदवार विजयी घोषित हुनुपर्ने अडान राखेको छ। दुई पक्षको विवादका कारण मतगणनास्थल तनावग्रस्त बनेको छ।

एमालेका नेता वडा नं. ५ को उम्मेदवार राजनारायण प्रसाद गुप्ता (राजु) ले भने, ‘‘ठीक छ काँग्रेसले नै जिते पनी विवाद भएको ठाउँबाट पुनः मतगणना गरिनुपर्ने हाम्रो माग छ, हामीलाई चित्त बुझाउनु निर्वाचन आयोगको दायित्व पनि हो त्यसैले मतगणना एकपटक फेरि हुनुपर्छ।”

त्यस्तै कांग्रेसका वडा नं. ५ का उम्मेदवार जीवछ मण्डलले भने, ‘‘हामी कानुन बमोजिम निर्वाचन आयोगले भनेको मान्न तयार छौं हाम्रो कुनै अडान छैन नियमानुसार आयोगको निर्णयको प्रतीक्षामा छौं।”

क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले दुवै पक्षसँग छलफलको प्रयास भइरहेको बताए। उनले दुवै पक्षसँग छलफल गरेर निर्णय लिने जानकारी दिए।

मतगणनास्थलमा तनाव भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved