१५ तस्वीरमा हेर्नुहोस् भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण

नेपालभ्युज

१५ तस्वीरमा हेर्नुहोस् भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण

काठमाडौं। दुई हजार ५ सय ६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक नियन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतम बुद्धको सन्देश विश्वमा फैलाउन भारतले सहयोग गर्ने बताए। पछिल्लो वैश्विक अवस्थामा नेपाल र भारतबीच सम्बन्ध मजबुत हुनु महत्त्वपूर्ण भएको उनको भनाइ थियो।

मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मोदीको भ्रमणले बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वमा चिनाउन थप मद्दत गर्ने बताए। मोदी गरिरहेका नेपालका धार्मिक स्थलको भ्रमणले भारत-नेपालको सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको र लुम्बिनी भ्रमणपछि अब भारतीय पर्यटकको संख्या बढ्ने बताएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved