नेपाल र भारतबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपालभ्युज

नेपाल र भारतबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। नेपाल र भारतबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच विभिन्न ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी भ्रमणमा रहेका मोदी र देउवाबीच द्विपक्षीय भेटवार्तालगतै शिक्षा तथा जलस्रोत क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बौद्ध अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापनाबारे ‘इन्डियन काउन्सिल अफ् कल्चरल रिलेसन्स’ (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ भने भारत अध्ययनका लागि आईसीसीआर र त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ।

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रास (आईआईटी–एम), भारतबीच सहकार्य तथा स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रमका लागि सम्झौता भएको छ। यस्तै अरूण चौँथो परियोजनाको विकास र कार्यान्वयनका लागि सतलज जल विद्युत निगम (एसजेभीएन) लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए) बीच सम्झौता भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved