हरिपुर नगरपालिकामा कांग्रेसका पँजियार निर्वाचित, एमाले चौथो

नेपालभ्युज

हरिपुर नगरपालिकामा कांग्रेसका पँजियार निर्वाचित, एमाले चौथो

लालबन्दी। सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पँजियार निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी भए।

पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका बुढाथोकीले तीन हजार ८८७ पाए। पँजियार लालबन्दीमा रहेको एभरेष्ट एकेडेमी तथा अक्सफोर्ड एकेडेमीका सञ्चालक हुन्।

यहाँ नेकपा एमाले दुई हजार २०० सय मतसहित चौथो भएको छ। तेस्रोमा पूर्वमेयरसमेत रहेका नेकपा (एकीकृत समाजवादी) जमरुद्दीन अन्सारी दुई हजार ८०५ मसहित तेस्रो भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved