प्रधानमन्त्री देउवालाई भेट्न आतुर छु : माेदी

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई भेट्न आतुर छु : माेदी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आतुर रहेको बताएका छन्।

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि उनलाई फेरि भेट्न आफू आतुर रहेको बताएका हुन्।

प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन्। उनले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन्।

नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको उनले बताए। वक्तव्यमा उनले भनेका छन्, ‘‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।”

प्रधानमन्त्री देउवाको निमन्त्रणामा नरेन्द्र माेदी भोलि विशेष विमानबाट नेपाल आउँदै छन्। बुद्ध जयन्तीको अवसरमा नेपाल आउन लागेका मोदीको स्वागतका लागि लुम्बिनीलाई सिँगारिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved