हुम्लाको खार्पूनाथ गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धन विजयी

पाँच ओटा वडा रहेको खार्पूनाथ गाउँपालिकामा वडा तहमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

हुम्लाको खार्पूनाथ गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धन विजयी

सुर्खेत। हुम्लाको खार्पूनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। रावलले १ हजार ८१० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत ल्याए।

कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको खार्पूनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १ हजार ८७२ मतसहित विजयी भए।

उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० मत ल्याए। यहाँ एमाले र नेकपा एसबीच गठबन्धन रहेको थियो।

पाँच वटा वडा रहेको खार्पूनाथ गाउँपालिकामा वडा तहमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा, वडा नम्बर ४ मा काँग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved