अर्घाखाँचीको शितगंगा नगरपालिकामा सत्ता गठबन्धनको अग्रता

अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छविलाल पौडेलले अग्रता पाएका छन्।

नेपालभ्युज

अर्घाखाँचीको शितगंगा नगरपालिकामा सत्ता गठबन्धनको अग्रता

काठमाडौं। अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छविलाल पौडेलले अग्रता पाएका छन्।

जम्मा एक हजार तीन सय मतगणना हुँदा पौडेलको पक्षमा ६ सय ५६ मत खसेको छ। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार बसन्त श्रेष्ठले पाँच सय ५८ मत प्राप्त गरेका छन्।

उपप्रमुख पदमा पनि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) उम्मेदवार टीका रेश्मीले पाँच सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार गिता भाटले पाँच सय ४२ मत।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved