मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयले बताए।

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर।

डडेल्धुरा। डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो।

डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयले बताए।

मृतक र घाइतेको परिचय खुल्न सकेको छैन। अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved