न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तबास बस्ने जानकारी पनि गराइन्।

नेपालभ्युज

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी। न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको सचिवलायले जनाएको छ।

शनिबार बिहान आर्डर्न आफैले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी छन्।

आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तबास बस्ने जानकारी पनि गराइन्।

आर्डर्नले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि संक्रमण देखिएको बताएकी छन्।

प्रधानमन्त्री आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved