नागार्जुनको प्रारम्भिक मतगणनामा कांग्रेसको अग्रता

नागार्जुन नगरपालिकामा बिहान ६ बजेदेखि मतगणना शुरु भएको हो। वडा नं १ बाट मतगणना प्रारम्भ गरिएको छ।

नेपालभ्युज

नागार्जुनको प्रारम्भिक मतगणनामा कांग्रेसको अग्रता

काठमाडौं। नागार्जुन नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेतले शुरुवाती अग्रता लिएका छन्।

हालसम्म गणना गरिएको २०० मतमा बस्नेतले ९३ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमले ४३ मत पाएका छन्।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुशीला अधिकारीले अग्रता लिएकी छन्। दुई सय मतमध्ये उनले ५८ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारले ३० मत पाएका छन्।

नागार्जुन नगरपालिकामा बिहान ६ बजेदेखि मतगणना शुरु भएको हो। वडा नं १ बाट मतगणना प्रारम्भ गरिएको छ।

वडाध्यक्षमा पनि नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ। हिजो सम्मपन्न स्थानीय निकाय निर्वाचनमा नागार्जुन नगरपालिकाका दशै ओटा वडाबाट २४ हजार ३८२ मत खसेको छ। नगरपालिकाको जम्मा मतदाता संख्या ३२ हजार ७३ मध्ये ७६ प्रतिशत मतदान भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved