भोट खसाल्न गाउँघर पुगेकाहरू धमाधम काठमाडौं फर्कन थाले

स्थानीय तह चुनावमा भोट हाल्न गृह जिल्ला गएकाहरू काठमाडौं फर्कन थालेका छन्। केही दिनअघि गाउँघर पुगेकाहरू फर्कन थालेका हुन्।

नेपालभ्युज

भोट खसाल्न गाउँघर पुगेकाहरू धमाधम काठमाडौं फर्कन थाले
फाइल तश्वीर

काठमाडौं। स्थानीय तह चुनावमा भोट हाल्न गृह जिल्ला गएकाहरू काठमाडौं फर्कन थालेका छन्। केही दिनअघि गाउँघर पुगेकाहरू फर्कन थालेका हुन्।

काठमाडौंमा बसोबास गर्दै आएकाहरू भोट खसाल्न शहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेका थिए। हिजो मतदान सकिएपछि आज फर्कन थालेका हुन्। आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार पाँच वटा गाडी काठमाडौ भित्रिएका छन्।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चार हजार ९० जना यात्रु उपत्यका भित्रिएका छन्। यस्तै काठमाण्डौको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved