आईपीएल क्रिकेट- पन्जाबले बेङ्ग्लोरलाई ५४ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५४ रनले हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पन्जाबले बेङ्ग्लोरमाथि ५४ रनको जित निकालेको हो।

नेपालभ्युज

आईपीएल क्रिकेट- पन्जाबले बेङ्ग्लोरलाई ५४ रनले हरायो

काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५४ रनले हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पन्जाबले बेङ्ग्लोरमाथि ५४ रनको जित निकालेको हो।

मुम्बईमा गएराति भएको खेलमा पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो। बेङ्ग्लोरका ग्लेन म्याक्सवेलले ३५, रजत पटिदारले २६ तथा कप्तान विराट कोहलीले २० रन जोडे।

पञ्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २÷२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। पञ्जाबका लियाम लिभिङस्टोनले ७० तथा जोनी बेयस्र्टोले ६६ रनको अर्धशतकीय पारी खेले।

बेङ्ग्लोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरङ्गाले २ विकेट लिए।
जितसँगै १२ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा पन्जाबले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ। १३ खेलबाट १४ अंक जोडेको बेङ्ग्लोर तालिकाको चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved