धनुषामा ६६ प्रतिशत मत खस्यो, आज रातिदेखि नै मतगणना

धनुषामा ६६ प्रतिशत मत खस्यो, आज रातिदेखि नै मतगणना

जनकपुरधाम। धनुषामा ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

धनुषामा ५९६ मतदान केन्द्रबाट २ लाख ७० हजार ५९० भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएकाे निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। धनुषामा कुल ४ लाख ९ हजार ९८५ मतदाता थिए।

जिल्लामा छिटफुट घटनाबाहेक शन्तिपूर्ण मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मतदानको समयमा वर्षा भएपछि एक/डेढ घण्टा सबै मतदानस्थलमा मतदान अवरुद्ध भएको थियो। वर्षा रोकिएपछि पुनः मतदान शुरु गरिएकाे थियाे। मतदाताहरुको उत्साहजनक सहभागिता थियाे।

अधिकृत प्याकुरेलले मतपेटिका संकलन भइरहेकाे बताए। आज राति १०/११ बजेदेखि नै मतगणना शुरु गरिने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved