रुकुम : मा‌ओवादी र कांग्रेसको झडपमा सर्वसाधारणको मृत्यु

रुकुम : मा‌ओवादी र कांग्रेसको झडपमा सर्वसाधारणको मृत्यु

सुर्खेत। रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको छ। वाँफीकोट ७ रुकुम पश्चिमममा निर्वाचन स्थलमा भएको झडपमा प्रजे खत्रीको मृत्यु भएको हो।

कांग्रेस र माओवादीबीच केन्द्रमा गठबन्धन भए पनि यहाँ दिनहुँजसो दुई पक्षबीच झडप हुँदै आएको थियो। यसैबीच निर्वाचन चलिरहँदा आज पनि दुई पक्षबीच झडप भएको थियो। झडपमा सर्वसाधारण खत्रीको मृत्यु भएको माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

झडपमा दुई पक्षका नेता/कार्यकर्तासहित केही सर्वसाधारण पनि घाइते भएकोमा घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved