पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

नेपालभ्युज

पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

काठमाडौँ । नेपालमा सबैभन्दा मनपर्ने र भरपर्दो ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ।

पिज्जा प्रेमीहरूले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिने पिज्जा हटले जनाएको छ। सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा मात्र रु. ३८९ बाट उपलब्ध छ।

यसको भेज-ननभेज दुवैको मज्जा लिन सकिने जनाइएकाो छ।

यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिने पिज्जा हटको दाबी छ। विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरूको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ।

काठमाडौँ भरीका ग्राहकहरूले कुनै पनि उपलब्ध एग्रिगेटरहरूमार्फत डेलिभरीका लागि अर्डर गर्न सकिने र उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवका लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरूमा जान सक्नेछन्।

पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्वारा जारी गरिएका सबै नियम, प्रोटोकलहरू र दिशानिर्देशहरूलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरूको सुरक्षाको लागि पालना गरेको छ। यो पिज्जा २४० डिग्रीमा पकाइन्छ जसले सबै भाइरसहरूलाई मार्छ साथै ट्याम्पर प्रुफ बक्सहरूमा प्याक गरिन्छ।

उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्न सबै खाद्य तयारीहरूमा ताजा सेनिटाइज्ड तरकारीहरू र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिएका दाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved