सत्यमोहन जोशीले मतदान नगर्ने, १०३ औँ जन्मदिन मनाउँदै

नेपालभ्युज

सत्यमोहन जोशीले मतदान नगर्ने, १०३ औँ जन्मदिन मनाउँदै
फाइल फोटो

काठमाडौं। संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन्। केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय-समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको जोशीका माइला छोरा हेमन्तले बताए।

बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको जानकारी उनले दिए।

सत्यमोहनको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved