अक्सिनजको पाइप लगाएर भोट हाल्न मतदान केन्द्रमा

अक्सिनजको पाइप लगाएर भोट हाल्न मतदान केन्द्रमा

भक्तपुर। एक छोराले उनको हात समातेका छन्, अर्काले अक्सिजन सिलिण्डर। नाकमा अक्सिजनको पाइप लगाएर सूर्यविनायक नगरपालिका–२ की ६६ वर्षीया पुनारा कार्की दिउँसो १२ बजे भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा मतदान गर्न पुगिन्।

दमकी दीर्घ रोगी उनी बिना अक्सिजन हिँडडुल गर्न सक्दिनन्। मतदान केन्द्रमा उनलाई छोरा र नातिले ल्याएका थिए। “पहिले आफै आउँथेँ, दुई वर्षदेखि अक्सिजन लाउनुपरेको छ,” भोट हालिसकेपछि पुनराले भनिन्, “म त आउँदिन भनेको नातिले ट्याक्सी ल्याएको थियो। मत दिएँ। सबैलाई राम्रो होस्।”

उनले भोट हाल्न नसक्ने भएकाले छोराले नै उनको भोट हालिदिएका थिए। उनका छोरा भुवनका अनुसार घरबाट मतदान केन्द्र आइपुग्न २० देखि २५ मिनेट लाग्छ।

“ह्वीलचियरको व्यवस्था भएको भए राम्रो हुन्थ्यो, त्यस्तो भएन,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved