दैलेखको ठाटीकाँधमा झडप हुँदा मतदान स्थगित, प्रहरीले गोली चलायो

दुई पक्षबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको छ।

दैलेखको ठाटीकाँधमा झडप हुँदा मतदान स्थगित, प्रहरीले गोली चलायो
प्रतिकात्मक तस्वीर ।

सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ।

दुई पक्षबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको छ।

इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए।

स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved