साँफेबगरमा झडप हुँदा मतदान स्थगित

झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी सहायक निरीक्षक जनक शाहीले बताए।

साँफेबगरमा झडप हुँदा मतदान स्थगित
सांकेतिक तस्वीर।

सुर्खेत। अछामको साँफेबगर नगपालिका–१३ बाब्ला रहेको मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित भएको छ।

मतदान जारी रहेकै बेला नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन पक्षबीच झडप भएको हो।

झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी सहायक निरीक्षक जनक शाहीले बताए।

दुई गठबन्धनबीच झडप हुँदा मतदान स्थगित भएको उनले जानकारी दिए। झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भएको छैन्।

अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
साँफेबगर नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन रहेको छ भने नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved