मकवानपुरमा मतदान शुरु, उत्साहपूर्ण उपस्थिति

मकवानपुरमा मतदान शुरु, उत्साहपूर्ण उपस्थिति

हेटौँडा। मकवानपुर जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ। मकवानपुरको दश वटै स्थानीय तहमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट हेटौँडाको मेयरको उम्मेदवार मीना कुमारी लामाले मतदान गरेर शुरु गरेकी थिइन्।

त्यसैगरी हेटौँडा ११ बाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका थिए।

मकवानपुर जिल्लामा जम्मा मतदाता सङ्ख्या दुई लाख ९४ हजार ९ सय १९ जना रहेका छन्। निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिए।

मतदानको लागि मतदाताहरू उत्साही देखिएका छन्। उनीहरु बिहानैदेखि लाइनबद्ध भएर बसेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved