चुनावको मुखमा बढ्दै शेयर बजार

नेपालभ्युज

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा लामो समयदेखि घट्दै गएको शेयर बजार बुलिस प्रवृत्तिमा फर्किएको छ। एक महीनादेखि फराकिलो अंकले बढ्न नसकेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन ५६ दशमलव ०६ अंकले बढेको छ।

साताको पहिलो दिनदेखि बढ्दै गएको नेप्से परिसूचक बुधबार पनि बढेको हो। यसदिन नेप्से परिसूचक दुई हजार ३६९ दशमलव ६ विन्दुमा पुगेर बजार बन्द भएको छ। बुधबार १३ ओटै उपसमूहको शेयरमूल्य उकालो लागेको छ।

लगानीकर्ताहरूले चुनावका बेला गरिएका खर्च पुन: बैंकिङ प्रणालीमै फर्किने भएकाले अब बजार बढ्ने  विश्लेषण लगानीकर्ताको छ।

बुधबार २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको ५३ लाख ३३ हजार कित्ता शेयर खरीद बिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved