सरकारले चुच्चे नक्सा बुच्चे बनाउने काम गर्‍यो : केपी ओली

नेपालभ्युज

सरकारले चुच्चे नक्सा बुच्चे बनाउने काम गर्‍यो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्षदेखि मिचिएको नेपाली भूमि फिर्ता ल्यार्ने काम आफूहरूले गरेको बताएका छन्। आज भृकुटीमण्डपमा आयोजित एमालेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले मिचिएको नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गरे पनि अहिलेको सरकराले त्यसलाई पुन: बुच्चे बनाउने काम गरेको आरोप लगाए।

यस्तो छ ओलीले गरेको सम्बोधन

काठमाडौं महानगरपालिका नेकपा (एमाले)ले विजयी गर्ने निश्चित छ। देशभर नै एमालेका उम्मेदवारले जित्नुपर्छ। यो व्यक्तिबीचको प्रतिस्पर्धा होइन यो कुन पार्टीबाट प्रतिस्पर्धा गर्‍यो त्यो ठूलो होइन। देशको राष्ट्रियता, स्वाभभौमसत्ता जोगाउने किन नजोगाउने, राष्ट्रिय हीतको रक्षा गर्न र राष्ट्रिय गौरवका लागि एमाले अगाडी आएको छ। देशमा भ्रष्टचार रोक्न र सुशासनका कायम गर्न आवश्यक छ। देशलाई चौतर्फी रूपमा विकास गर्न एमालेलाई मतदान गर्न आवश्यक छ।
सबै पेशा व्यवसायका मानिसको विकासका गर्ने कि नगर्ने प्रश्न यहाँ छ। यी प्रश्नका जवाफ आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनले यसको आधारभूत उत्तर दिन्छ। स्थानीय तहको निर्वाचनले सरकार बनाउने होइन तर देश कतातर्फ छ भन्ने प्रश्नको जवाफ दिन्छ। त्यसैले यो निर्वाचन महत्त्वपूर्ण छ।

हामीले हाम्रो पुरातात्विक महत्त्वसँग जोडिएका विषयलाई रक्षा गर्दा पनि विपक्षले हाम्रो विरुद्धमा लागे। हामीले निर्माण गरेको धराहराका विषयमा उनीहरूले गलत अर्थ लगाए। आइफेल टावर जाने मानिसले नेपालको धराहराका विषयमा गलत अवफा फैलाए। हामीले पुनःनिर्माण गरेको देशको ऐतिहासिक धरहारा निर्माण गरेको विषयलाई अर्को अर्थ लगाइएको छ। रानी पोखरीको पुनः निर्माण हाम्रो पार्टीले गरेको हो। विपक्षलाई यी विषय थाहा नभएको होइन तर यसको सही व्याख्या भएन।

हामीले ६० वर्षबाट नेपालको नक्सामा नरहेको नेपाली भूमिलाई नेपालमा फर्काउने काम गर्‍यौँ। तर अहिलेको सरकारले चुच्चे नक्सालाई बुच्चे नक्सा बनाउने काम गर्न थालेका छन्। विदेश भ्रमणमा जाने यिनीहरू पाउरोटीमा जाम लगाएर खान सिके अरु कुरा सिक्न सकेनन्। विदेश भ्रमणमै जाने यिनीहरू ठूला बाटा किन चाहियो भन्छन्। हुलाकी राजमार्ग एमाले बाहेक अन्य पार्टीले सकेन। पूर्वपश्चिम राजमार्ग चौडा एमालेले गर्‍यो। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि एमाले चाहियो। बालबालिकादेखि लिएर जेष्ठ नागरिकको रक्षाका लागि एमाले चाहियो।

कांग्रेसले आफ्नो सरकारले के गर्‍यो, के गछौँ भन्ने विषय छैन। उनीहरूसँग एमालेको विरोध गर्ने बाहेकका अन्य विषय छैन। एमालेले गरेको राम्रा कामका विरुद्ध सबै पार्टी एक ठाउँमा आएका छन्। ओलीले संसद विघटन गर्‍यो भन्छन्। मैले संसद विघटन गरेर जनतामाझ जान खोजेको थिए जनतामाझ जान खोजेको विषयलाई उनीहरूले गलत अर्थ लगाउने प्रयास गरे।

कांग्रेसका विषयमा चर्चा गर्ने केही विषय छैन। भरतपुर र पोखरामा कांग्रेसले के चिह्नमा भोट हाल्ने अरु पार्टीलाई सोध्नुपर्छ। दमकमा टुंढो भाच्चिएको हलोमा भोट हाल्नुपर्ने बाध्यता छ। कांग्रेसका प्रमुख नेताबाहेक कार्यकर्तालाई म सोध्न चहान्छु, कति समय अर्को पार्टीको चुनाव चिह्नमा कति भोट हाल्ने?

भरतपुरका कांग्रेस कार्यकर्तालाई म सोध्न चहान्छु, पाँच वर्षअघि पनि अर्को पार्टीलाई भोट हाल्ने र यो पटक पनि उसैलाई भोट हाल्ने? कांग्रेसका साथीहरूले कसरी मन थामेका होलान्। चुनावअघि रुख चिह्न बोकेर हिड्नुपर्ने अवस्था छ। यो हालमा कांग्रेसका नेताले आफ्नो पार्टीलाई पुर्याएका छन्।

कांग्रेसले कहीँ नभएको प्रक्रियाबाट सरकार बनाएको छ। संसदबाट बन्नुपर्ने सरकार अदालतबाट प्रधानमन्त्रीको पद ल्याएर आएको छ। कांग्रेसले लोकतन्त्रको परिभाषा फेरे हुन्छ। एमालेले समस्याको सामाधान कसरी गर्छ सबैले देखेका छन्। नेपालमा एक लाखभन्दा बढी भुटानी शरणार्थी नेपालमा कोचिएर बसेका थिए, म परराष्ट्रमन्त्री हुँदा त्यसको समाधान गरेका थियौँ। सुकुम्बासी समस्या समाधान हामीले गरेका छौँ। हामीले सुकुम्बासी समस्या समाधान गर्न खोज्दा कांग्रेस अदालत जान्छ। अदालत कांग्रेसलाई जिताउँछ।

कांग्रेसले संसद विघटन गर्दा अदालतले त्यसलाई सदर गर्छ हामीले गर्दा स्वीकार गर्दैन। यद्यपि, हामी अझै पनि न्यायालय सम्मानित रहोस् भन्ने चहान्छौँ।

काठमाडौं महानगरपालिकालाई सुशासनयुक्त महानगरका रूपमा विकास गर्ने योजनाका साथ काठमाडौंका जनताले पहिले नै चिनिसकेका नेता केशव स्थापित फेरी मेयर पदमा प्रतिस्पर्धा गर्दैछन्। काठमाडौंलाई विकसित र पुरातात्विक शहरका रूपमा विकास गर्नका लागि उपमेयर पदमा प्रतिस्पर्धा गरेकी सुनिता ढंगोलका हामी माझ रहेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved