सानिमाले ल्यायो धनपति अग्रिम भुक्तानी सावधिक बीमालेख योजना

नेपालभ्युज

सानिमाले ल्यायो धनपति अग्रिम भुक्तानी सावधिक बीमालेख योजना

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ल्याएको छ। कम्पनीले ‘सानिमा धनपति अग्रिम सावधिक जीवन बीमालेख’ जारी गर्दै बिमितहरूका लागि विशेष योजना ल्याएको हो।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ सम्मको बिमाङ्कीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरूको लागि उक्त वर्षको प्रतिवर्ष प्रतिहजार बोनश निर्धारण गरिएको छ।

जारी सूचनाअनुसार, १२ वर्षे बीमालेखले ४ वर्षको अवधि पूरा गरेको छ भने बीमाङ्क रकमको २५ प्रतिशत भुक्तानी गरिने छ।

यसैगरी १२ वर्षे बीमालेखाले ८ वर्ष पूरा गरेको छ भने २५ प्रतिशत रकम र १२ वर्ष नै पुरा गरेको छ भने ५० प्रतिशत बोनश रकम भुक्तानी पाउने छ।

कम्पनीकाअनुसार १५ वर्षे बीमालेखले ५ र १० वर्षको अवधि पुरा गरेको छ भने २५ प्रतिशत र १५ वर्ष नै पूरा गरेको छ भने ५० प्रतिशत बोनस पाउने छ।

यस्तै, २० वर्षे बीमालेख योजनाले ५, १० र १५ वर्षको अवधि पूरा गरेको छ भने २० प्रतिशत बोनश दिनेछ। २० वर्ष नै पूरा गरेकाको लागि भने ४० प्रतिशत बोनश दिने घोषणा कम्पनीले गरेको छ तर, बीमा अवधिभित्र बिमितको मृत्यु भएमा भने कम्पनीले नियमअनुसारको बोनस र रकम भुक्तानी दिने कम्पनीले जनाएको छ।

कम्पनीले दुर्घटना बीमा मृत्युलाभ र पूर्ण अशक्ततता र तथा बीमा शुल्क छुट सुविधाबारे जानकारी दिएको छ।

कम्पनीले न्यूनत ११ वर्षदेखि ७० वर्ष उमेरसमूहका व्यक्तिको बीमा गर्दै आएको छ। यो उमेर समूहका व्यक्तिहरूका लागि न्यूनतम ५० हजार र अधिकतम आम्दानीअनुसारको बीमाङ्क रकम तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved