ईशान अस्पतालको नयाँ भवनबाट सेवा शुरु

अस्पतालको नवनिर्मित आठ तले भवन बिरामी र वातावरणमैत्री बनेको छ। उक्त भवनबाट गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने उनले बताए।

नेपालभ्युज

ईशान अस्पतालको नयाँ भवनबाट सेवा शुरु

काठमाडौं। बसुन्धारा चोकस्थित ईशान बाल तथा महिला अस्पतालले नवनिर्मित भवनबाट सेवा शुरु गरेको छ।

२४ वैशाखदेखि अस्पतालको पुरानो भवनको २५० मिटर पछाडि साढे ६ रोपनीमा बनेको नवनिर्मित भवनबाट सेवालाई निरन्तरता दिएको अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले बताए।

उनका अनुसार अस्पतालको नवनिर्मित आठ तले भवन बिरामी र वातावरणमैत्री बनेको छ। उक्त भवनबाट गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने उनले बताए।

२०५२ मा १५ बेडबाट शुरु भएको अस्पतालले सेवालाई विस्तार गरी १०० बेड क्षमता बनाएको चौधरीले जानकारी दिए। अस्पतालमा निकट भविष्यमा सिटी स्क्यान र ब्लड बैंक शुरु गर्न लागेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved