आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि

चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो। अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तीव्रता दिने ध्याउन्नमा छन्।

नेपालभ्युज

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि

काठमाडौं। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ। मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधि गर्न पाइने छैन।

यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन। त्यसकारण चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो। अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तीव्रता दिने ध्याउन्नमा छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन्।

मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ।

मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ।

निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन।

मौन अवधिमा राजनीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उम्मेदवारको पक्षविपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता पालन भएनभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्न सक्नेछ। आयोगले मुख्यमन्त्रीदेखि मेयरका उम्मेदवारसम्मलाई स्पष्टीकरण सोधिसकेको छ।


Comment

One thought on “आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved