सोल्टीमोडमा स्कुटर दुर्घटना, कीर्तिपुरकी महिलाको मृत्यु

नेपालभ्युज

सोल्टीमोडमा स्कुटर दुर्घटना, कीर्तिपुरकी महिलाको मृत्यु

काठमाडौँ। काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नंको स्कुटर र ना५ख १९०९ नंको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीय विमलादेवी भट्टराईको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन्।

घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved