संसारभर हरेक वर्ष रेटिनोब्लास्टोमा क्यान्सरका बिरामी थपिँदै

नेपालभ्युज

संसारभर हरेक वर्ष रेटिनोब्लास्टोमा क्यान्सरका बिरामी थपिँदै

काठमाडौं। संसारभर हरेक वर्ष पाँच हजार बालबालिकामा आँखामा लाग्ने रेटिनोब्लास्टोमा क्यान्सर देखिने गरेको छ। आँखा रोग विशेषज्ञ डा.रोहित सैजुले संसारभर हरेक वर्ष करिब पाँच हजार बालबालिकामा आँखा लाग्ने क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेको बताए।

“सबैभन्दा बढी यो रोग देखिने भनेको छिमेकी मुलुक भारतमा हो जहा बर्सेनि १५ सय बढी नयाँ बिामीहरू थपिने गर्छ”, उनी भन्छन्, “नेपाल यति नै बिरामी थपिन्छन् भनेर आँकडा नभए पनि करिब करिब ५० देखि ६० जना नयाँ बिरामी थपिन्छन् कि भन्ने आकलन छ।”

रेटिनोब्लास्टोमा जीवन र मरणको रोग भएकाले सबैले ध्यान दिन आवश्यक रहेको समेत उनले बताए।

सोमबारका त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि र जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तर्क्रियामा आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोलाई बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर भनिने बताइन्।

१५ हजार नवजात शिशुमध्ये एक जनामा रदेखिने रेटिनोब्लास्टोमा रोगले बालबालिकामा हुने क्यान्सरको ५५ प्रतिशत ओगट्ने गरेको उनको भनाइ छ। “यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्छ, नेपाललगायत विकासोन्मुख देशहरूमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०५ रहेको छ तर विकसित देशहरूमा भने ५५ भन्दा कम पाइएको छ,” उनले भनिन्।

रेटिनोब्लास्टोमा जटिल रोग भए पनि पहिलो चरणमै रोग पत्ता लगाएर उपचार गरेमा बालबालिका पूर्ण रुपमा क्यान्सर मुक्त हुनुका साथै उनीहरूको आँखाको दृष्टि समेत जोगाउन सकिने राजकर्णिकार बताउँछिन्।

डा. राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमाका प्रमुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो। उनी भन्छिन्, “आँखाको कालो भाग सेतो देखिए पनि बालबालिका स्वस्थ नै देखिन्छन्। जसले गर्दा बालबालिका तथाय अभिभावकलाई रोगबारे थाहै हुँदैन। र उपचारका लागि ढिलो पुग्ने गर्छन्,”उनले भनिन्, “मुख्यताया यो रोगका लक्षण रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु हो।”

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने, आँखाको आकार असामान्य रुपमा बढिरहने उनले बताइन्।

क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अंगजस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहेको उनी बताउँछिन्।

त्यस्तै विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाइरहेको छ।

प्रतिष्ठानले साताभरि आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने जनाएको छ।

रेटिनोब्लास्टोमा भएका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आइज नेपालको सहयोगमा निशुल्क उपचार प्रदान गर्दै आइरहेको छ।

यो पनि

के हो बालबालिकाको आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved